आइतबार, चैत ८, २०८२

२४ घण्टायता १ हजार ७५६ संक्रमित थपिए, २ हजार २७४ संक्रमणमुक्त

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २७४ जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। बिहीबार देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ३५७ जना र एन्टिजेन परीक्षणबाट ३९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। २४ घण्टामा जम्मा १४ हजार ३३४ परीक्षण भएको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २७४ जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोनाबाट २३ जनाको मृत्यु भएको छ। बिहीबार देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित छन्। 

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २३ हजार ४५६ पुगेको छ भने मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।

प्रकाशित: Sep 03, 2021| 16:20 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्