शनिबार, साउन १६, २०८३

सोमालियामा कार बम विस्फोटमा ३० जनाको मृत्यु

सोमालियाको राजधानी मोगादिसुको बिहानको व्यस्त समयमा भएको कार बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।
 |  शनिबार, पुस १२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस १२, २०७६

काठमाडौं- सोमालियाको राजधानी मोगादिसुको बिहानको व्यस्त समयमा भएको कार बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ।

सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो।

‘विस्फोट विध्वंसक थियो र म अहिले २० जना मारिएको र धेरै घाइते भएको मात्रै भन्न सक्छु,’ प्रहरी अधिकृत इब्राहिम मोहम्मदले समाचार संस्था एएफपीलाई बताएका छन्।

विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन। सोमालियामा यसअघि यस्ता आक्रमण अल–शबाब समूहले गर्ने गरेको थियो।

अल–कायदासँग सम्बन्धित अल–शबाबले १० वर्षदेखि सोमालियमा विद्रोह गरेको छ र सन् २०११ मा राजधानीबाट धपाइएको भए पनि अन्य केही भागमा यसको नियन्त्रण छ।

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा रक्तपात भएको बताएका छन्। ‘मैले देखेको छरिएका शवहरू मात्रै हुन्,’ विस्फोटको बेला नजिकै रहेका साकारिया अब्दुकादिरले भने।

सोमालियाका एक सांसद मोहम्मद अब्दिरिजाकले मृत्यु हुनेको संख्या ९० भन्दा बढि भएको बताए पनि त्यो पुष्टि हुन सकेको छैन।

‘यस दानवीय घटनामा जीवन गुमाएकाहरूको मृत आत्मालाई चीर शान्ति प्राप्त होस्,’ एक पूर्व गृहमन्त्रीले भने। बीबीसी

प्रकाशित: Dec 28, 2019| 09:17 शनिबार, पुस १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।