बिहीबार, असार ३२, २०८३

पुलिसले पहिलो जित निकाल्दा आर्मीले शेर्पालाई हरायो

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तरगत शुक्रबार भएका खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तरगत शुक्रबार भएका खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब विजयी भएको छ।

दशरथ रंगशालामा भएको खेलमा पहिलो जित निकाल्ने क्रममा पुलिसले सरस्वती युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्‍यो। १० खेलाडीमा सिमित पुलिसलाई जित दिलाउन सुमन लामाले ४६ औं र भोला सिलवालले ७९ औं मिनेटमा गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा पुलिसका अन्जन राई दाहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि पुलिस १० खेलाडीमा सिमित भएको थियो।

जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ।

यस्तै शुक्रबार नै भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो। जितसँगै आर्मीले तीन खेलमा ६ अङ्क जोडको छ।

यसअघि आर्मीले पहिलो खेलमा फ्रेन्डस क्लबलाई २–१ गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा मनाङमर्स्याङदी क्लबसँग १–० ले पराजित भएको थियो। आर्मीको जितमा कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले एक/एक गोल गरे। खेलको दोस्रो हाफको ६०औं मिनेटमा हिमालयन शेर्पाका डिफेन्डर आशिष गुरुङ र गोलरक्षक किशोरलाई बिट गर्दै कप्तान भरतले गोल गरेका थिए।

त्यसैगरी खेलको ६४औं मिनेटमा टेकबहादुरले आर्मीका लागि विजयी गोल गरे। खेलमा आर्मीका भरत खवास म्यान अफ दि म्याच चुनिए।

पराजित हिमालयन शेर्पाले तीन खेलमा दुई अङ्क जोडेको छ।

प्रकाशित: Dec 27, 2019| 12:00 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।