आइतबार, चैत १, २०८२

भारतले विदा गर्‍यो कारगिल युद्धको ‘बहादुर’

भारतीले कारगिल युद्धको एउटा महत्वूर्ण सारथीलाई विदा गरेको छ।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं- भारतीले कारगिल युद्धको एउटा महत्वूर्ण सारथीलाई विदा गरेको छ।

National life

सन् १९९९ मा पाकिस्तानी सेनाविरुद्ध धावा बोलेको भारतीय वायु सेनाको ‘मिग २७’ विमानलाई भारत विदाई गरेको हो।

१७०० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने र अचुक निशाना लगाउन सक्ने खुबी भएको यो विमानलाई भारतीय वायु सेनाले ‘बहादुर’ नाम राखेको थियो। यही विमानले पाकिस्तानी सैनिकमाथि ठूलो क्षति पुर्याएको ठानिन्छ।

पाकिस्तानले भने यस विमानले धेरै क्षति पुर्याइदिएका कारण विमानलाई मिग २७ लाई चुँडेल भन्ने गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ।

यो विमानलाई कतिपय राडारहरुलेसमेत पत्ता लगाउन नसक्ने गरेको बताइन्छ।

Laxmi sunrise bank
kumari

भारतीय वायु सेनामा ३५ वर्षसम्म शक्तिशाली लडाकु विमानका रुपमा रहेको मिग २७ विमानका सबै जहाजलाई भारतले शुक्रबार औपचारिक रुपमा बन्द गरेको हो।

भारतीय वायु सेनाले सन् १९८५ मा यो विमान रुसी विमान निर्माता कम्पनीसँग खरिद गरेको थियो। जोधपुर एयरबेसमा यसलाई भव्य समारोहका बीच नष्ट गरिएको छ।

रुसबाट खरिद गरिएका मिग २७ का ७ वटा स्क्वार्डनमध्ये यसै वर्ष दुईवटा जहाज दुर्घटनामा परेका थिए। त्यसअघि दुईवटा काम नलाग्ने भइसकेका कारण नस्ट गरिएको थियो।

पछिल्लो पटक बाँकी रहेका २ मध्ये एउटालाई यसै वर्षको सुरुवातमा नस्ट गरिएको थियो।

पछिल्लो समयसम्म रहेको विमानलाई शुक्रबार नस्ट गरिएको हो।

रसियन विमान कम्पनीले मिग २७ का लागि आवश्यक पार्टपूर्जाहरु उत्पादन घटाएका कारण पनि भारतीय वायु सेनाले विमान नै नस्ट गरेको हो।

पार्टपूर्जा कम हुँदै गएको, पुरानो हुँदै गएको र दुर्घटना पनि बढ्न थालेको भन्दै यो बहादुर विमानलाई इतिहासमा सिमित गरिदिएको हो।

प्रकाशित: Dec 27, 2019| 08:51 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।