बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र सरस्वती

सहिद स्मारक ‘ए’ डिभिजन लिग : पहिलो जितको खोजीमा पुलिस र सरस्वती

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नेपाल पुलिस क्लब र सरस्वती युथ क्लब आज (शुक्रबार) प्रतिस्पर्धा गर्दैछन्।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नेपाल पुलिस क्लब र सरस्वती युथ क्लब आज (शुक्रबार) प्रतिस्पर्धा गर्दैछन्।

दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।

तेस्रो चरणसम्म जितबिहीन रहेका यी दुवै टिम पहिलो जितको खोजीमा छन्।

राष्ट्रिय टिमका तीन र अनुभवी खेलाडीले भरिएको पुलिस सरस्वतीविरुद्ध जित निकाल्ने रणनीतिमा छ।

यसअघि पुलिस आफ्नो पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा थ्रीस्टार क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो।

यता सरस्वती युथ पनि पुलिसविरुद्धको खेल जितेर ३ अंक बटुल्ने रणनीतिमा छ।

यसअघि आफ्नो पहिलो खेलमा सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० गोल अन्तरले पराजित भएको थियो।
अंकतालिकामा पुलिस ११ औं र सरस्वती युथ १३ औं स्थानमा छन्।

गत सिजनमा दुवै टिमले एक–एक गोलको बराबरी खेलेका थिए।

प्रकाशित: Dec 27, 2019| 06:50 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।