आइतबार, चैत १, २०८२

विषाक्त रक्सीका कारण २६ जनाको मृत्यु

विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ ।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

उलान बाटोर–विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ । देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

National life

“यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर रक्सी सेवन गर्दा मृत्यु भएको हो,” प्रान्तीय सहरी प्रहरी विभागका प्रमुख लखामा अमुर्मुरुमले भने ।

राजधानी उलान बाटोरमा अहिले उच्च सतर्कता अपनाइको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । मङ्गोलियामा नयाँ बर्षको पूर्वसन्ध्यामा निजी तथा सार्वजनिक तवरबाट खानपिनसहितका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिएको हुन्छ । यस्ता कार्यक्रम रेष्टुरेन्ट, रात्री क्लव, बारलगायतमा ठूलो सङ्ख्यामा आयोजना गरिन्छ ।

रासस

प्रकाशित: Dec 27, 2019| 06:40 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।