बुधबार, असार ३१, २०८३

सन्दीपको टिम मेलबर्न र एडिलेइडको प्रतिस्पर्धा आज

बिग बास लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले एडिलेइड स्ट्राइकर्ससँग आज (शुक्रबार) प्रतिस्पर्धा गर्दैछ।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं– बिग बास लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले एडिलेइड स्ट्राइकर्ससँग आज (शुक्रबार) प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ।

प्रतियोगिताका दुई खेलमा शत प्रतिशत जित निकालेको मेलबर्न जितको यात्रालाई निरन्तरता दिने रणनीतिमा छ भने एडिलेइड पनि आफ्नो जित यात्रालाई कायम राख्ने रणनीतिमा छ।

मेलबर्न अंकतालिकामा दोस्रो स्थानमा छ। मेलबर्नको दुई खेलबाट ४ अंक छ।

एडिलेइडले भने दुई खेलबाट ३ अंक बटुलेको छ। एडिलेइडले एक खेलमा जित निकाल्दा एक अंक बाडेको थियो।

अघिल्ला दुई खेलमा मौका पाएका सन्दीप आजको खेलमा प्लेइन ११ मा पर्ने सम्भावना छ। यद्यपि, टसपछि मात्रै यसको छिनोफानो हुनेछ।

जारी प्रतियोगितामा सन्दीपले दुई विकेट लिएका छन्। उनले दुई खेलमा १–१ विकेट लिएका छन्।

प्रकाशित: Dec 27, 2019| 06:16 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।