आइतबार, चैत १, २०८२

अवतरणका क्रममा सय व्यक्ति सवार विमान दुर्घटना

एसियाली मुलुक कजाकस्तानमा करिब एक सय यात्रु बोकेको विमान दुर्घटना भएको छ ।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

एजेन्सी- एसियाली मुलुक कजाकस्तानमा करिब एक सय यात्रु बोकेको विमान दुर्घटना भएको छ ।

National life

अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा बेक एअरलाइनको हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको हो ।

राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए। दुर्घटनामा परी ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीवितहरूको उद्धार प्रयास जारी रहेको छ।

अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।

बेक एअर सन् १९९९ मा स्थापना भएकाे हवाइसेवा प्रदायक कम्पनी हाे। जसले सुरुमा भीआईपी उडान मात्रै गर्थ्यो। अहिले भने यसले आफू कजाकस्तानकै सस्ताे हवाइ सेवा दिने कम्पनी भएकाे दाबी गर्छ।

Laxmi sunrise bank
kumari

कजाकस्तानकाे अलमाटीमा यसअघि सन् २०१३ काे जनवरीमा पनि विमान दुर्घटना भएको थियो।

प्रकाशित: Dec 27, 2019| 04:12 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।