बिहीबार, चैत १२, २०८२

चिसोमा छालाको हेरचाह गर्ने घरेलु तरिका

छालाको हेरचाह हरेक मौसममा जरुरी हुन्छ। चिसोमा भने यसलाई अलि बढी हेरचाह आवश्यक हुन्छ। यो मौसममा चिसो तथा तीव्र गतिको हावाले छालामा रुखोपन ल्याई सुख्खा हुने सम्भावना हुन्छ।
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

काठमाडौं– छालाको हेरचाह हरेक मौसममा जरुरी हुन्छ। चिसोमा भने यसलाई अलि बढी हेरचाह आवश्यक हुन्छ। यो मौसममा चिसो तथा तीव्र गतिको हावाले छालामा रुखोपन ल्याई सुख्खा हुने सम्भावना हुन्छ।

National life

चिसो मौसममा घरेलु उपाय अपनाएर छाला स्वस्थ राख्न सकिन्छ।

नुहाउँदा साबुनको प्रयोग सकेसम्म कम गर्ने

चिसोमा साबुनको प्रयोग सकेसम्म कम गर्नुपर्छ। यदि छाला रुखो छ भने बिर्सेर पनि साबुन लगाउनु हुँदैन। यसले छाला सफा गरे पनि यसको रुखोपन बढाउने र पिम्पल्स निम्त्याउन खतरा हुन्छ। छाला ओयली भए मात्रै साबुन लगाउनुपर्छ। यसबाट छालाको ओयलीपन कम हुन्छ।

दही र चिनीको पेस्ट अनुहारमा लगाउने

Laxmi sunrise bank
kumari

चिसोमा छालालाई कोमल बनाउन दही र चिनीको पेस्ट बनाएर अनुहारमा लगाउनु राम्रो हुन्छ। पेस्ट सुकेपछि हल्का हातले मसाज गरी मनतातो पानीले अनुहार धुनुपर्छ।

ग्लिसरिन र कागतीको मिश्रण शरीरमा लगाउने

ग्लिसरिन, कागती र ३–४ थोपा गुलाबजलको मिश्रण बनाएर राति सुत्नुअघि अनुहार र शरीरमा लगाउनुपर्छ। त्यसपछि भोलिपल्ट बिहान उठेर मनतातो पानीले नुहाउनु्पर्छ। यसले छालालाई कोमल बनाउँछ।

स्वास्थ्यवर्धक र सन्तुलित खाना खाने

जुनसुकै मौसममा पनि छालाको हेरचाह जरुरी हुन्छ। यसका लागि स्वास्थ्यवर्धक र सन्तुलित खाना आवश्यक हुन्छ। छालालाई स्वस्थ बनाउन पर्याप्त मात्रामा मौसमी फलफूल र साग खानुपर्छ। चिसोमा गाजर, पालक, मेथी कागतीलगायत खानेकुरा खानामा समावेश गर्नु आवश्यक हुन्छ।

सनब्लक प्रयोग गर्ने

गर्मीमा मानिस सनब्लकको प्रयोग गर्छन्। तर, चिसोमा यसलाई आवश्यक ठान्दैनन्। जबकी सूर्यको किरणले गर्मीभन्दा चिसोमा बढी नोक्सान पुर्याउँछ। यो मौसममा न्यानो महसुस गराउन अधिकांश मानिस घाममा बस्ने गरेका छन्। यसले छालालाई बेजान बनाउने गरेको छ।
त्यसकारण चिसोमा पनि सनब्लक लगाउन आवश्यक हुन्छ।

पर्याप्त पानी पिउने

चिसो होस् वा गर्मी, जुनसुकै मौसममा पनि पर्याप्त पानी पिउनुपर्छ। यसले छालालाई मर्न नदिइ यसको ग्लोलाई कायम राख्छ।

नरिवलको तेल लगाउने

छालालाई कोमल बनाउन तथा स्वस्थ राख्न नरिवलको तेल शरीरमा लगाउनुपर्छ। नुहाउनुभन्दा एक घन्टाअघि शरीर र अनुहारमा तेल मालिस गरे छाला रुखो हुन दिँदैन।

एजेन्सीको सहयोगमा

प्रकाशित: Dec 27, 2019| 03:50 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्