शनिबार, साउन १६, २०८३

सरकारलाई दबाब दिन शिक्षक महासंघको पाँचौं चरणको आन्दोलन [यस्ता छन् कार्यक्रम]

नेपाल शिक्षक महासंघले निर्णायक आन्दोलन भन्दै असोज १ गतेदेखि ७ गतेसम्म रिले अनशन थाल्ने भएको छ। सरकारलाई माग पूरा गर्नका लागि दबाब दिन अनशनलगायत विरोधका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं– नेपाल शिक्षक महासंघले निर्णायक आन्दोलन भन्दै असोज १ गतेदेखि ७ गतेसम्म रिले अनशन थाल्ने भएको छ। सरकारलाई माग पूरा गर्नका लागि दबाब दिन अनशनलगायत विरोधका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ। 

महासंघले शुक्रबार पाँचौं चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रम भदौ २७ देखि कात्तिक २८ गतेसम्मका लागि तय गरिएको छ। 

आन्दोलन कार्यक्रमअन्तर्गत भदौ २७ गते शिक्षा सरोकार पक्ष, राजनीतिक दलको नेतृत्व लगायतसँग केन्द्रीय स्तरका नेतासँग भौतिक उपस्थितिमा अन्तरक्रिया गर्ने, असोज १ गतेदेखि ७ गतेसम्म काठमाडौंमा रिले अनशन र असोज १४ गतेदेखि २० गतेसम्म काठमाडौंमा जुलुस तथा विरोध प्रदर्शन गरिनेछ। उक्त कार्यक्रममा वागमती प्रदेशभित्रका जिल्लाबाट शिक्षक कर्मचारीको सहभागिता गराइनेछ भने माग पूरा नभए कात्तिक २८ गतेदेखि देशभरका शिक्षक कर्मचारीको सहभागितामा काठमाडौंमा दैनिक विरोध, जुलुस, धर्ना तथा प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

महासंघका महासचिव लक्ष्मिकिशोर सुवेदीले आफ्ना माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताए।

महासंघको ३४ बुँदे मागमा सरकारले चासो नदेखाएपछि वैशाख २० गतेदेखि शिक्षकले आन्दोलन गर्दै आएका छन्। प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाका लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपर्ने लगायतका माग महासंघको छ। 

यस्तै महासंघले मंसिर २५, २६ र २७ गते महासंघको राष्ट्रिय महाधिवेशको मिति तय गरेको छ।


प्रकाशित: Sep 03, 2021| 13:49 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्