मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनाङको तापक्रम : दिनमा माइनस १०, रातमा माइनस २० डिग्री

मनाङको तापक्रम : दिनमा माइनस १०, रातमा माइनस २० डिग्री

मनाङको तापक्रम माइन २० डिग्री सम्म पुगेसँगै खानेपानीको मुहान जमेर धारोमा पानी आएको छैन, खाेला र तालकाे पानी समेत जमेकाे छ । 
 |  शुक्रबार, पुस ११, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ११, २०७६

मनाङ- चिसो बढेसँगै मनाङको तापक्रम दिनमा माइनस दश, रातमा माइनस २० डिग्रीमा झरेको छ ।

चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन् ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले मनाङको तापक्रम माइनस १० पुगेकोे र बेलुकी माइनस १६ देखि २० डिग्रीसम्म पुग्ने गरेको जानकारी दिए । 

रातकाे समयमा बस्नै नसक्ने अवस्था बन्ने गरेकाे उनले सुनाए । उनका अनुसार खानेपानीको मुहान जमेर धारोमा पानी आएको छैन । खाेला र तालकाे पानी समेत जमेकाे छ । 

अत्याधिक चिसाे भएपछि मानिस घर बाहिरसमेत निस्किन नसकेकाे  प्रहरी नायब निरीक्षक विकले बताए । माथिल्लो भेगमा रहेका मानिस जिल्ला बाहिर झरिसकेका छन् ।

थोराङला बेसक्याम्पदेखि मथिल्लो मनाङ सुनसानजस्तै भएको छ । पर्यटक आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटलमा कुरुवा राखेर जिल्ला बाहिर पुगिसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी पुष्परा ढकालले चिसो बढेपछि जिल्ला सुनसानजस्तो भएको बताउनुभयो तल्लो भेगमा समेत अधिकांश मानिस जिल्ला छोडी सकेका छन् ।

प्रकाशित: Dec 27, 2019| 01:47 शुक्रबार, पुस ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।