बुधबार, असार ३१, २०८३

‘ए’ डिभिजन लिग संकटा र जाउलाखेलको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत संकटा क्लब र जाउलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेलेका छन्।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत संकटा क्लब र जाउलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा संकटाले जाउलाखेलसँग बराबरी खेलेको हो।

खेलको ३६औं मिनेटमा संकटाका लागि लक्ष्मण रुचालले गोल गरे। उनले पहिलो हाफसम्म जाउलाखेलले गोलरहित खेल खेलेको थियो।

दास्रो हाफको ७२औँ मिनेटमा जाउलाखेलका लागि ड्याडी जुनियर बाम्बाले गोल गरे। त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन्।

जारी लिगमा संकटाले तीन खेलबाट चार अंक बटुलेको छ भने जाउलाखेलले तीन खेलबाट पाँच अंक जोडेको छ।

प्रकाशित: Dec 26, 2019| 14:33 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।