बुधबार, असार ३१, २०८३

पीपीएल इलिमिनेटर : बुटवलविरुद्ध ब्याटिङ गर्दै विराटनगर

पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सविरुद्ध ब्याटिङ गरिरहेको छ।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं– पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सविरुद्ध ब्याटिङ गरिरहेको छ।

विराटनगरले टस हारेर ब्याटिङको निम्तो पाएको हो। खेलको ११ ओभर सकिँदा विराटनगरले २ विकेट गुमाएर ७० रन जोडेको छ। विराटनगरका सुनिल धमला २६ र पुनित मेहरा १ रनमा खेलिरहेका छन्। 

विराटनगरका मुहम्मद जैद आलम २० र लोकेश बम १९ रन बनाएर आउट भएका छन्। आलमलाई भीम सार्कीले रनआउट गर्दा बमलाई हर्ष टंकले सोमपाल कामीद्वारा क्याच आउट गराए।

प्रतियोगिताको लिग चरणमा बुटवल दोस्रो र विराटनगर तेस्रो हुँदै इलिमिनेटरमा पुगेका हुन्।

खेलको विजेताले चितवन राइनोजसँग शनिबार फाइनल खेल्नेछ।

प्रकाशित: Dec 26, 2019| 07:40 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।