बिहीबार, चैत १२, २०८२

तपाईंलाई पटकपटक दिसा लाग्छ ? कारण हुन सक्छ ‘इरिटेबल बाउल सिन्ड्रोम’

पेट दुख्नु, पटक–पटक दिसा लाग्नु, कब्जियत हुनु र ग्यास भरिनु जस्ता लक्षण देखिन्छन्।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

तपाईंलाई खाजा वा खाना खानेबित्तिकै दिसा लाग्छ? कार्यालय हिँड्न ठिक्क पर्दा शौचालय गइहाल्नुपर्ने अवस्था आउँछ? चिया, दूधजस्ता पेय पदार्थ खाइसकेपछि पनि शौचालय गइहाल्नुपर्छ? एकै पटकमा पेट सफा हुँदैन?

National life

यस्ता समस्या छन् भने तपाईंलाई ‘इरिटेबल बाउल सिन्ड्रोम’ (आईबीएस) भएको छ।

यो रोग लाग्दा आन्द्रामा कुनै समस्या देखिँदैन तर पेट दुख्नु, पटक–पटक दिसा लाग्नु, कब्जियत हुनु र ग्यास भरिनु जस्ता लक्षण देखिन्छन्। पेट फुलेको महसुस हुनु र दिसासँगै चिप्लो कफजस्तो पदार्थ वा आउँ निस्कनु यसका अन्य लक्षण हुन्।

के कारणले हुन्छ आईबीएस?

तपाईंहामीले नियमित खाने केही खानेकुरा ज्यादा खाँदा आईबीएस निम्तिन सक्छ। जस्तै : चक्लेट, अल्कोहल, काउली, दूध, चीज, बटर, घिउ, तारेको र धेरै मसला भएको खानेकुरा खाँदा आईबीएस हुन सक्छ। यस्तै तपाईं बढी तनाव लिनुहुन्छ भने यो समस्या देखा पर्छ। वंशाणुगत रूपमा आमाबुवाबाट पनि आईबीएस सर्न सक्छ।

Laxmi sunrise bank
kumari

आईबीएस तीन प्रकार छन् :


आईबीएस डी– पटकपटक दिसा लाग्नु

आईबीएस सी– रोगीलाई पेट सफा नहुने (कब्जियत) समस्या हुनु

आईबीएस ए– कहिले दिसा लागिरहने त कहिले कब्जियत हुने

बच्ने उपाय के?

रेशायुक्त खाना खाँदा यो रोगबाट बच्न सकिन्छ। चोकरसहितको पिठो, हरिया तरकारी र फलफूल, गाजर, आलुको बोक्रा आदिमा प्रचुर मात्रामा फाइबर वा रेशा हुन्छ। यस्तै तारेको भन्दा उमालेको खाना उपयुक्त हुन्छ।

दूध, चक्लेट, बजारका पेय पदार्थ, कफी, रक्सी आदि खान हुँदैन। धेरै समस्या छ भने काउली, आलु, तारेको, बढी चिल्लो र मसला भएका खानेकुरा पनि उचित हुँदैन।

निश्चित समयमै खाना खाने बानी बसाल्नुपर्छ । एकै पटकमा धेरै नखाएर पटकपटक तर थोरै खाना खानु उपयुक्त हुन्छ। दही र मही फाइदाजनक हुन सक्छ।

नियमित भ्रमण, योग, व्यायामले यो रोगबाट आराम पाउन सकिन्छ । व्यायाम र योगले तनावको स्तर कम गर्छ र पाचन प्रणालीमा पनि सुधार ल्याउँछ।

आयुर्वेदिक उपचार– आयुर्वेदमा आईबीएसलाई ग्रहणी वा संग्रहणी भनिन्छ। 

आयुर्वेदमा बेल, कुटज (बन खिरो), चित्रक, अमला, दारिम, पिपली, सुठो आदि संग्रहणीका लागि उपयुक्त मानिन्छ।

एक गिलास ताजा महीमा आधा चम्चा भुटेको जिराको धुलो र आधा चम्चा पुदिनाको धुलो मिसाएर पिउँदा पनि संग्रहणीबाट चाँडै आराम पाउन सकिन्छ ।

इसबगोल– तातो दूधमा इसबगोलको धुलो एकदेखि दुई चम्चा खाँदा आईबीएसबाट राहत पाउन सकिन्छ।
त्रिफला– हर्रो, बर्रो र अमलाको धुलो समानामात्रा मा मिसाएर दैनिक एक चम्चा सेवन गर्दा फाइदा पुग्छ।

प्रकाशित: Dec 26, 2019| 07:10 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्