बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पीपीएलको इलिमिनेटरमा आज बुटवल र विराटनगर प्रतिस्पर्धा गर्दै, कसले मार्ला बाजी ?

पीपीएलको इलिमिनेटरमा आज बुटवल र विराटनगर प्रतिस्पर्धा गर्दै, कसले मार्ला बाजी ?

पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन्।
 |  बिहीबार, पुस १०, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १०, २०७६

काठमाडौं– पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स आज (बिहीबार) प्रतिस्पर्धा गर्दैछन्।

खेल पोखरा रंगशालामा दिउँसो १२ः३० बजे सुरु हुनेछ।

प्रतियोगितामा बुटवल र विराटनगर क्रमशः दोस्रो र तेस्रो हुँदै इलिमिनेटरमा पुगेका हुन्।

खेलको विजेता फाइनल पुग्ने भएकाले दुवै टोली जसरी पनि खेल जित्ने दाउमा छन्। विराटनगर बुटवलसँगको अपराजित यात्रा कायम गर्ने रणनीतिमा छ भने बुटवल लिग चरणमा विराटनगरविरुद्धको हारको बदला लिने दाउमा छ।

लिग चरणको अन्तिम खेलमा बुटवल विराटनगरसँग ४ विकेटले पराजित भएको थियो।

कसले मार्ला बाजी?

जारी प्रतियोगितामा दुवै टोलीले राम्रो प्रदर्शन गरेकाले इलिमिनेटरमा कसले बाजी मार्ला भन्न कठिन छ।

प्रतियोगितामा जित प्रतिशतका आधारमा बुटवल अघि छ। बुटवलको जित प्रतिशत ६० छ। बुटवलले लिग चरणका पाँच खेलमध्ये ३ मा जित हासिल गरेको छ भने २ मा मात्रै हार व्यहोरेको छ।

यता विराटनगरको जित प्रतिशत भने ४० मात्रै छ। विराटनगरले जारी प्रतियोगिताको लिग चरणका ५ खेलमध्ये २ मा जित हात पार्दा ३ मा पराजय भोग्नुपरेको छ।

हेड टु हेडका आधारमा भने विराटनगर बुटवलभन्दा अघि छ। यी दुई टिमबीच भएका दुईवटै खेलमा विराटनगरले बाजी मारेको छ। 

 

प्रकाशित: Dec 26, 2019| 05:35 बिहीबार, पुस १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।