बुधबार, असार ३१, २०८३

दस खेलाडीमा सिमित एनआरटीको दोस्रो जित

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो जित निकालेको हो।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो जित निकालेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटीलाई जित दिलाउन जुनियर निकेनगुए र दर्शन गुरुङले एक/एक गोल गरे। च्यासलका अमिर श्रेष्ठले एक गोल फर्काए। खेलको ७२ औं मिनेटमा एनआरटी १० खेलाडीमा सिमित भएको थियो। जोर्डनले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छोडेका थिए।

एनआरटीले ३ खेलबाट ४ अंक जोडेको छ। च्यासलले पनि ३ खेलमा ४ अंक जोडेको छ।

प्रकाशित: Dec 25, 2019| 13:05 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।