बिहीबार, वैशाख ३१, २०८३

गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद

चर्चित गायक रामकृष्ण ढकालले श्रीमति निलम शाह (ढकाल) सँग सम्बन्ध विच्छेद गरेका छन्।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं- चर्चित गायक रामकृष्ण ढकालले श्रीमति निलम शाह (ढकाल) सँग सम्बन्ध विच्छेद गरेका छन्।

National life

सम्बन्ध विच्छेदका लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा दिएको मुद्दामा बुधबार न्यायाधीश विदुर कोइरालाको इजलासले फैसला गरेको हो।

गायक ढकाल र उनकी श्रीमति निलमले दिएको मुद्दामा बुधबार नै फैसला भएको जिल्ला अदालत काठमाडौंले पुष्टि गरेको छ।

दुबै जनाको सहमतिमा सम्बन्ध विच्छेदको फैसला आएको जिल्ला अदालतले जनाएको छ।

सम्बन्ध विच्छेदपछि छोरी रानी आमासँगै बस्ने भएकी छन्।

गायक ढकाल र निलमबीच प्रेम विवाह भएको थियो।

प्रकाशित: Dec 25, 2019| 11:26 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्