आइतबार, चैत १, २०८२

चिली आगलागी : १२० घर ध्वस्त

चिलीको भाल्पारिसो सहर नजिकमा भएको भयानक आगलागीमा १२० घर जलेर पूर्णरुपमा नष्ट भएका छन्।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं- चिलीको भाल्पारिसो सहर नजिकमा भएको भयानक आगलागीमा १२० घर जलेर पूर्णरुपमा नष्ट भएका छन्।

National life

जंगलको डढेलो बस्तीमा छिरेपछि ठूलो संख्यामा मानिसहरु विस्थापित भएका छन्।

रोकुआन्ट र सान रक भनिने दुई गरिब गाउँमा आगलागी भएको हो। भाल्पारिसोका मेयर जर्ज शार्पले कसैले आगजनी गरेको हुन सक्ने आशंका गरेका छन्।

आगलागी भएको क्षेत्रमा निकै गर्मी रहेको र हावा हुरी चलेकाले आगोले धेरै क्षति पुर्याएको अनुमान गरिएको छ।

आगलागीपछि ९० हजार ग्राहकको घरमा विद्युत आपूर्ति बन्द भएको छ।

Laxmi sunrise bank
kumari

बस्ती आगोले नस्ट भएपछि त्यहाँका स्थानीयवासीहरु दुईवटा विद्यालयमा शरण लिएर बसेका छन्।

क्रिशमस पर्व मनाउने तयारी भइरहेका बेला बस्ती आगोले उजाडिएको हो।

राजधानी सान्टिआगोबाट करिब १०० किलोमिटर टाढा रहेका बस्तीमा भएको आगलागीपछि त्यहाँ संकटकाल घोषणा गरेर राहत र उद्धारको काम सुरु गरिएको मेयर शार्पले बताएका छन्।

प्रकाशित: Dec 25, 2019| 10:21 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।