बुधबार, असार ३१, २०८३

पीपीएल : बुटवलले विराटनगरलाई दियाे १३४ रनको लक्ष्य

पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सले विराटनगर टाइटन्सलाई १३४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्सले विराटनगर टाइटन्सलाई १३४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो। बुटवलका लागि हर्ष टंकले सर्वाधिक ६७ रन जोडे। ४४ बल खेलेका उनले आफ्नो पारीमा ६ चौका र ५ छक्का प्रहार गरे। उनलाई दीपेश श्रेष्ठले आउट गरे।

यस्तै, शिवम सिंहले ३७ रनकाे याेगदान दिँदा सिद्धान्त लोहनीले ११ रन जोडे। अविनास बोहरा १ रनमा अविजित रहे। 

बुटवलका पाँच खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। सम्साद शेख ७, भीम सार्की ५ र शंकर राना २ रनमा आउट हुँदा अफताबुद्धिन अहमद र रवीन्द्र शाहीले खाता खोल्न सकेनन्।

विराटनगरका मोहम्मद जैद आलमले सर्वाधिक ४ विकेट लिए। यस्तै, किशोर महतोले २ तथा दीपेश श्रेष्ठ र साहव आलमले समान १ विकेट चट्काए।

विराटनगरले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ। 

प्रकाशित: Dec 25, 2019| 07:17 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।