मंगलबार, चैत १०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पोखरा प्रिमियर लिग : लिग चरणको अन्तिम खेल आज, दोस्रो इलिमिनेटरको टुंगो लाग्‍ने

पोखरा प्रिमियर लिग : लिग चरणको अन्तिम खेल आज, दोस्रो इलिमिनेटरको टुंगो लाग्‍ने

पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्दैछन्। यो खेलले प्रतियोगिताको दोस्रो इलिमिनेटर टोलीको टुंगो लगाउनेछ।
 |  बुधबार, पुस ९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, पुस ९, २०७६

काठमाडौं– पोखरा प्रिमियर लिग (पीपीएल)अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्दैछन्।

National life

यो खेलले प्रतियोगिताको दोस्रो इलिमिनेटर टोलीको टुंगो लगाउनेछ।

प्रतियोगिताको इलिमिनेटर पुग्ने टोलीको दौडमा काठमाडौं गोल्डेन वारियर्स र विराटनगर टाइटन्स छन्।

अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमाडौं गोल्डेन वारियर्सको पाँच खेलबाट ४ अंक छ। काठमाडौंको रनरेट ०.३९ छ।

विराटनगरको चार खेलबाट २ अंक छ। उसको रनरेट माइनस ०.१७५ छ । यस्तोमा विराटनगरले सामान्य अन्तरमा खेल जिते वा पराजित भए काठमाडौं इलिमिनेटरमा पुग्नेछ।

Laxmi sunrise bank
kumari

विराटनगर इलिमिनेटरमा पुग्न उसले बुटवललाई भारी अन्तरमा पराजित गर्नुपर्नेछ। तर, बुटवललाई पराजित गर्न त्यति सहज देखिँदैन। जारी प्रतियोगितामा बुटवल चार खेलमध्ये तीनमा विजयी भएको छ।

हेड टु हेडमा भने विराटनगर अघि छ। यसअघि यी दुई टिमबीच भएको प्रतिस्पर्धामा विराटनगर विजयी भएको थियो। यसले विराटनगरको मनोवल भने बढाएको छ।

चितवन राइनोज प्रतियोगिताको फाइनलमा पुगिसकेको छ भने बुटवल ब्लास्टर्सले इलिमिनेटरमा स्थान बनाइसकेको छ।

प्रतियोगिताअन्तर्गत शीर्ष स्थानको टोली सिधै फाइनल पुग्नेछ भने दोस्रो र तेस्रो स्थानको टोलीले इलिमिनेटरमा फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्।

जारी प्रतियोगितामा अपराजित रहेको चितवनको पाँच खेलबाट १० अंक छ। यस्तै, बुटवलले चार खेलबाट ६ अंक बटुलेको छ।

पाँच खेलबाट ४ अंक बटुलेको एक्सपर्ट धनगढी चौथो स्थानमा छ। उसको रनरेट माइनस १.०६९ छ।

अंकतालिकाको पुछारमा पोखरा पल्टन छ।

धनगढी र पोखरा पल्टन प्रतियोगिताबाट बाहिरिसकेका छन्।

 

 

प्रकाशित: Dec 25, 2019| 05:06 बुधबार, पुस ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।