मंगलबार, चैत १०, २०८२

सरकार ! साग पदक विजेताको पुरस्कार खोइ ?

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १३ औं सागमा पदक विजेता खेलाडीलाई दिने भनिएको घोषित पुरस्कार रकम तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं - नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १३ औं सागमा पदक विजेता खेलाडीलाई दिने भनिएको घोषित पुरस्कार रकम तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ।

National life

मंगलबार संघका अध्यक्ष दिपक श्रेष्ठले विज्ञप्ति जारी गर्दै नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेका थुप्रै घटना रहेको बताउँदै खेलाडीको मनोबल घट्न नदिन घोषणा गरिएको पुरस्कार रकम तत्काल उपलब्ध गराउन माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतिक्षा गर्नुपरेका थुप्रै घटना छन् । त्यसैले यसपाली वर्तमान खेल नेतृत्वबाट विगतमा साग सकिएको एक सातामै खेलाडीलाई पुरस्कार दिने घोषणा भएझै तत्काल घोषित रकम उपलब्ध गराउन अनुरोध गर्न चाहन्छौं।’

यस्तै संघले व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र कांस्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा भएपनि टिम खेलका रजत र कांस्य जित्नेलाई पुरस्कारमा प्रष्ट सम्बोधन नभएकोमा पनि ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले खेलाडीको हौसला अभिवृद्धिका लागि आकर्षक पुरस्कारको घोषणा गर्नुभएको छ। त्यसलाई हामी खेलाडी संघ स्वागत गर्न चाहन्छौं। व्यक्तिगत स्पर्धाका स्वर्ण, रजत र कांस्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा भएपनि टिम खेलका रजत र कांस्य जित्नेलाई पुरस्कारमा प्रष्ट सम्बोधन नभएकोमा भने हाम्रो ध्यानाकर्षण भएको छ।’

‘ऐतिहासिक रुपमा साग आयोजना गर्नुका साथै खेलाडी र खेलकुदलाई अघि बढाउन महत्वपूर्ण काम गर्दै आएको सरकार तथा राष्ट्रिय खेलकुद परिषदलाई हामी टिम खेलका रजत र कांस्य पदक जित्नेको पुरस्कार पनि तत्काल घोषणा गरेर खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्न चाहन्छौं।’ जारी विज्ञप्तिमा उल्लेख छ।

Laxmi sunrise bank
kumari

नेपालले १३ औं सागमा इतिहासमै सबैभन्दा बढी ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक सहित कुल २ सय ६ पदक जितेको थियो।

प्रकाशित: Dec 24, 2019| 10:05 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।