मंगलबार, चैत १०, २०८२

मुस्तफाको अलराउण्ड प्रदर्शनमा चितवन फाइनलमा

चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेश गरेको छ।
 |  मंगलबार, पुस ८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ८, २०७६

काठमाडौं - चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल प्रवेश गरेको छ। मंगलबार सम्पन्न खेलमा काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधि भिडन्तमा पुगेको हो। चितवन लिग चरणका खेलमा शतप्रतिशत जित निकाल्दै फाइनल पुगेको हो। उसले पाँच खेलमा १० अंक जोड्यो।

National life

पराजित काठमाडौंको प्लेअफ पुग्ने सम्भावना भने जिवितै रहेको छ। काठमाडौंले अब लिग चरण अन्तर्गत बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स बीच हुने अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ। उक्त खेलमा विराटनगर पराजित भए अथवा विराटनगरले ठूलो रनरेटमा बुटवललाई पराजित गर्न नसके काठमाडौं प्लेअफमा पुग्नेछ। चितवन फाइनल प्रवेश गरिसक्दा दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नेछ। इलिमिनेटरमा बुटवलसँग कसले खेल्ने हो त्यसको टु्ङ्गो भने बुधबारको खेलपछि मात्रै लाग्नेछ। तर विराटनगरको भन्दा काठमाडौंको रनरेट राम्रो रहेकोले काठमाडौंको सम्भावना नै बलियो देखिन्छ।

मंगलबार सम्पन्न खेलमा टस हार्दै पहिले ब्याटिङ गरेको चितवनले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७ रन मात्र जोड्न सक्यो। काठमाडौंका कप्तान ज्ञानेन्द्रले मल्लले ४० रन बनाएपनि काठमाडौंलाई जित भने दिलाउन सकेनन्। १८ रन जोड्दा तीन विकेट गुमाइसकेको काठमाडौंलाई मल्लले सम्हाल्ने प्रयास गरेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा काठमाडौं पराजित हुन पुग्यो। काठमाडौंका पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए। अन्यले भने दोहोरो अंकसमेत जोड्न सकेनन्। चितवनका सन्नी पटेलले तीन तथा रोहन मुस्तफाले दुई विकेट लिए।


त्यसअघि पहिले ब्याटिङ गरेको चितवन राइनोजले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६७ रन बनायो। चितवनका लागि बाबर हयात र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले। बाबरले ७० तथा रोहनले अविजित ५९ रन बनाए। यस्तै आरिफ शेख र सन्नी पटेलले १५/१५ रन बनाए। काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १/१ विकेट लिए।

प्रकाशित: Dec 24, 2019| 09:32 मंगलबार, पुस ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।