शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पत्रकार खशोग्जी हत्याको आरोपमा साउदीमा ५ जनालाई मृत्युदण्ड

पत्रकार खशोग्जी हत्याको आरोपमा साउदीमा ५ जनालाई मृत्युदण्ड

पत्रकार जमाल खशोग्गीको हत्या अभियोगमा साउदी अरेबियाको एक अदालतले ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

काठमाडौं- पत्रकार जमाल खशोग्गीको हत्या अभियोगमा साउदी अरेबियाको एक अदालतले ५ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

National life

पत्रकार खशोग्जीको हत्या प्रकरणमा ११ जनाविरुद्ध भएको सुनुवाइपछि ५ जनालाई मृत्युदण्डको जाय सुनाइएको बीबीसीले जनाएको छ।

साउदी अरेबियाका आलोचक पत्रकार खशोग्जीको गत वर्ष टर्कीको इस्तानबुलमा हत्या भएको थियो।

उनी पछिल्लो समय अमेरिकी सञ्चार गृह वाशिङटन पोस्टमा कार्यरत थिए। उनको हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमानको हात रहेको दावी गरिँदै आएको छ।

राजकुमार सलमानले भने गत अक्टोबरमा हत्यामा आफ्नो संलग्नता नरहे पनि देशको नेतृत्वकर्ताको हैसियतले घटनाको जिम्मेवारी लिएका थिए।

प्रकाशित: Dec 23, 2019| 10:09 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।