बुधबार, असार ३१, २०८३

पीपीएल क्रिकेट : साविक विजेता पोखरा लिग चरणबाटै बाहिरियो

पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा साविक विजेता पोखरा पल्टन लिग चरणबाटै बाहिरिएको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

पोखरा- पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा साविक विजेता पोखरा पल्टन लिग चरणबाटै बाहिरिएको छ।

सोमबार भएको खेलमा एक्सपर्ट धनगढीसँग पाँच विकेटले परारजित भएपछि पोखरा लिग चरणबाटै बाहिरिएको हो।

पोखराविरुद्धको जितसँगै धनगढीले भने पीपीएल क्रिकेटमा प्लेअफको सम्भावनालाई जिवित राखेको छ।

पोखरा पल्टनले दिएको ८० रनको लक्ष्य धनगढीले ९.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। धनगढीका लागि दीपक पुनियाले सर्वाधिक २५ रन जोडे। त्यस्तै रोड्रिगो थोमसले १५, दीपेन्द्र सिंह ऐरीले १३ तथा शुभेन्दु पाण्डेले ११ रन बनाए।

पोखराका लागि प्रथमेस डाके र सरबजित लड्डाले २–२ विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा पुरै विकेट गुमाएर जम्मा ७९ रन जोड्न सकेको थियो।

उसका लागि आशिफ शेखले सर्बाधिक ३२, विनोद भण्डारीले १२ रनको योगदान दिए। अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।

पोखराका कुसल भुर्तेलले ६, कप्तान शरद भेषवाकर, पर्थमेश डाँकेले ४–४, कृष्ण कार्की, ललितनारायण राजवंशी, कुसल मल्लले १–१, र सर्वजित

लाडाले अविजित ४ रन बनाए। रवीन्द्र सिंह, रोहित पौडेल भने एक रन नै नजोडेर पेवेलिएन फर्किएका थिए।

बलिङमा धनगढीका अनिल खरेलले ३, दीपक पुनिया, सागर ढकाल र कमलसिंह ऐरीले २–२ विकेट लिएका थिए।

आजको जितसँगै प्लेअफको सम्भावना कायम राखेको धनगढी प्लेअफ प्रवेशका लागि बुटवल ब्लास्टर र विराटनगर टाइटन्सको खेल कुर्नुपर्नेछ।

जुन खेलमा विराटनगर पराजित भएमा धनगढीले प्लेअफमा स्थान बनाउने छ। विराटनगरले जितेमा भने नेट रनरेटका आधारमा प्लेअफको छिनोफानो हुनेछ।
जसमा धनगढीको सम्भावना झिनो बाँकी रहनेछ।

प्रकाशित: Dec 23, 2019| 08:32 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।