बुधबार, असार ३१, २०८३

पीपीएल : धनगढीले पोखरालाई ७९ रनमा समेट्यो

पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई ७९ रनमै समेटेको छ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

पोखरा- पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई ७९ रनमै समेटेको छ।

टस जितेर ब्याटिङ रोजेको पोखरा १६.३ ओभरमा ७९ रनमा अलआउट भयो। उसका लागि आशिफ शेखले सर्बाधिक ३२, विनोद भण्डारीले १२ रनको योगदान दिए।

अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। पोखराका कुसल भुर्तेलले ६, कप्तान शरद भेषवाकर, पर्थमेश डाँकेले ४–४, कृष्ण कार्की, ललितनारायण राजवंशी, कुसल मल्लले १–१, र सर्वजित लाडाले अविजित ४ रन बनाए। रवीन्द्र सिंह, रोहित पौडेल भने एक रन नै नजोडेर पेवेलिएन फर्किए।

बलिङमा धनगढीका अनिल खरेलले ३, दीपक पुनिया, सागर ढकाल र कमलसिंह ऐरीले २–२ विकेट लिए।

पोखरा–धनगढीको यो लिग चरणको अन्तिम खेल हो। दुबै टोलीको प्ले अफको अंक गणितीय झिनो सम्भावना मात्रै बाँकी छ। दुबैले समान ४ खेलमा ३ खेलमा हार र १ मा जित सहित समान २ अंकका साथ पोखरा नेट रन रेटले पाँचौ र धनगढी पुछारमा छन्।

दुबै टोलीलाई प्ले अफमा पुग्न अप्रत्याशित फराकिलो जितको आवश्यकता पर्छ। साथै उता मंगलबार काठमाडौं गोल्डेन्स वारियर्स चितवन राइनोजसँग पराकिलो अन्तरले पराजित हुनुपर्छ।

सामान्य अन्तरले पराजित भए पनि काठमाडौंको नेट रन रेट राम्रो हुँदा प्ले अफमा पुग्ने समिकरण बलियो छ।

बुटवल ब्लास्टर्सले बुधबार विराटनगरलाई पराजित गरे अझ सहज हुनेछ। पोखराले पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो।

प्रकाशित: Dec 23, 2019| 07:55 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।