आइतबार, चैत १, २०८२

मध्यरातमा दिल्लीमा भीषण आगलागीः ९ जनाको मृत्यु

भारतको राजधानी दिल्लीमा एक कपडा गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।
 |  सोमबार, पुस ७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस ७, २०७६

नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा एक कपडा गोदाममा आगलागी हुँदा तीन बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।

National life

दिल्लीको उत्तरपश्चिममा रहेको किराडी क्षेत्रको गोदाममा भएको आगलागीमा परेर अन्य तीनजना गम्भीर घाइते भएका छन् ।

आगो राति करिब साढे १२ बजे लागेको थियो । गोदाम रहेको भवनको दोस्रो तल्लामा सिलिन्डर विस्फोट भएपछि आगो लागेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । आगलागीको समय मानिसहरु गोदाममा सुतिरहेका थिए ।

एउटा सानो गल्लीभित्र गोदाम भएका कारण अग्निनियन्त्रकहरुलाई आगलागी नियन्त्रण गर्न समस्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिल्लीको अग्निनियन्त्रक विभागका अनुसार आगो निभाउन आठवटा दमकल प्रयोग गरिएको थियो । सोमबार बिहान करिब ३ बजेर ५० मिनेट जाँदा आगो नियन्त्रण आएको थियो ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2019| 05:59 सोमबार, पुस ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।