मंगलबार, असार २३, २०८३

विश्वकप छनोटमा ब्राजिलको सतप्रतिशत जित

अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले अहिलेसम्म सतप्रशिसत जित निकालेको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले अहिलेसम्म सतप्रशिसत जित निकालेको छ।

ब्राजिलले शुक्रबार बिहान सम्पन्न खेलमा चिलीलाई १–० गोलले हराएको हो। ब्राजिलको जितका लागि एभर्टन रिबेरोले गोल गरेका थिए। दोस्रो हाफको पहिलो मिनेटमा भिनिसियर जुनियरको ठाउँमा मैदान छिरेका रिबेरोले १८ औं मिनेटमा गोल गरेका थिए।

यो जितसँगै ब्राजिलले आफूले खेलेको खेलमा सतप्रतिसत जित निकालेर २१ अंकका साथ शीर्षस्थानमा छ। यता ६ अंक जोडेको चिली सातौं स्थानमा छ। अर्जेन्टिना दोस्रो स्थानमा छ भने इक्वेडर तेस्रो स्थानमा छ।

प्रकाशित: Sep 03, 2021| 09:17 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।