मंगलबार, चैत १०, २०८२

पिपिएल क्रिकेटमा चितवनको लगातार चौथो जित

प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले लगातार चौथो जित निकालेको छ। आइतबार भएको खेलमा विराटनगरलाई १८ रनले हराउँदै चितवनले एक खेल अगाडी प्लेअफको यात्रासमेत पक्का गर्यो।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

पोखरा- प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले लगातार चौथो जित निकालेको छ। आइतबार भएको खेलमा विराटनगरलाई १८ रनले हराउँदै चितवनले एक खेल अगाडी प्लेअफको यात्रासमेत पक्का गर्यो।

National life

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १४६ रन बनायो।

चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो।

विराटनगरका लागि लोकेश बमले ६२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै पुनित मेहेराले २४ तथा नोमन खानले १८ रन बनाए।

चितवनका करण केसी र भुवन कार्कीले ३–३ विकेट लिए। रोहन मुस्तफाले २ विकेट लिए।

Laxmi sunrise bank
kumari

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो।

चितवनको लागि आरिफ शेखले अविजित ३९ रन जोड्दा सन्नी पटेलले अविजित २७ रन बनाए।

यस्तै कप्तान पारस खड्काले ३५ रन जोड्दा बाबर हायातले २५ रन बनाए।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा, मुहमद जायद आलमले एक एक विकेट लिए।

जितसँगै चितवन फाइनल नजिक पुगेको छ। शीर्ष स्थानको चितवनले ४ खेलमा अपराजित रहदै ८ अंक जोडेको छ।

चार खेलमा २ अंक जोडेको विराटनगर चौंथो स्थानमा रहेको छ। हारसँगै विराटनगरको प्ले अफ सम्भावना कमजोर बनेको छ।

प्रकाशित: Dec 22, 2019| 10:16 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।