शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • नागरिकता कानुनविरुद्धको प्रदर्शनमा २३ को मृत्यु, धेरैजसो भाजपा शासित राज्यका

नागरिकता कानुनविरुद्धको प्रदर्शनमा २३ को मृत्यु, धेरैजसो भाजपा शासित राज्यका

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

नयाँ दिल्ली– नागरिकता कानुनमा भएको संशोधनविरुद्ध भारतमा आन्दोलन जारी छ । प्रदर्शन हिंसात्मक बन्दै जाँदा अहिलेसम्म २३ जनाको ज्यान गइसकेको छ ।

National life

अलजजिराका अनुसार सबैभन्दा बढी उत्तर प्रदेशमा १५ जना प्रदर्शनकारी मारिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले मुस्लिमविरुद्ध नागरिकता संशोधन कानुन ल्याएको भन्दै भारतमा प्रदर्शन भइरहेको हो । केही राज्यहरुमा इन्टरनेट र टेलिफोनको लाइन काटिएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार रहेका प्रदेशहरुमा अधिक प्रदर्शनकारी मारिएका छन्।

यसैबीच, आइतबार प्रधानमन्त्री नरेन्द्र मोदी प्रदर्शनविरुद्धको र्‍यालीमा सहभागी भएका छन् । दिल्लीको रामलिला मैदानमा भएको र्‍यालीमा मोदी सहभागी भएका हुन् ।

प्रकाशित: Dec 22, 2019| 09:01 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।