मंगलबार, असार २३, २०८३

रोनाल्डोले पाउने भए ७ नम्बरको जर्सी

पछिल्लो सिजन फरवार्ड एडिसन काभानीले प्रयोग गरेको सात नम्बरको जर्सी यो वर्ष क्रिस्टियानो रोनाल्डोले प्रयोग गर्न पाउने भएका छन्।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- पछिल्लो सिजन फरवार्ड एडिसन काभानीले प्रयोग गरेको सात नम्बरको जर्सी यो वर्ष क्रिस्टियानो रोनाल्डोले प्रयोग गर्न पाउने भएका छन्।

सात नम्बर जर्सीमा विश्वचर्चित पोर्चुगिज फरवार्ड रोनाल्डो अघिल्लो साता इटालियन क्लब युभेन्टसबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका हुन्। युनाइटेडमा पनि उनले सात नम्बरकै जर्सी पाउने भएका हुन्।

अघिल्लो सिजन सात नम्बरको जर्सी प्रयोग गरेका उरुग्वेयन स्टार काभानीले भने यो वर्ष २१ नम्बरको जर्सी पाउने भएका छन्।

अब पाँच दिनको क्वारेन्टिनपछि रोनाल्डोले युनाइटेडको टोलीसँग अभ्यास गर्नेछन्।

‘मेरो लागि फेरि सात नम्बरको जर्सी लगाउन सम्भव छ भन्ने थाहा थिएन। त्यसैले म काभानीलाइै धेरै धन्यवाद दिन चाहन्छु। यो निकै ठूलो सम्मान हो,’ सात नम्बर जर्सी पाउने भएपछि रानाल्डोले भने।

रोनाल्डोले पहिला म्यान युनाइटेड, रियल मड्रिड र युभेन्टसमा पनि सात नम्बरको जर्सी प्रयोग गरेका थिए। त्यसैले उनलाई ‘सीआर सेभेन’ नामले पनि चिन्ने गरिन्छ।

‘पहिला युनाइटेडमा रहँदा पनि पोर्चुगिज सुपरस्टारको नम्बर सात विश्वप्रसिद्ध थियो। अहिले पनि रोनाल्डोले नम्बर सातको जर्सी लगाउने निश्चित भएको छ,’ म्यानचेस्टर युनाइटेडले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

रोनाल्डो पछिल्लो गृष्मकालीन फुटबल खेलाडी स्थानान्तर सकिनु एक दिनअघि मात्र उनी युनाइटेड पुगेका थिए। सस्पेन्सनका कारण रोनाल्डो बिहीबार नै अन्तर्राष्ट्रिय जिम्मेवारीबाट बाहिर छन्।

प्रकाशित: Sep 03, 2021| 09:08 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।