सोमबार, भदौ १, २०८३

नोकिया २.३ स्मार्टफोन नेपाली बजारमा

 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

काठमाडौं– विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रालिसँग साझेदारी गरेको छ । टेलिटक प्रालिले नेपालमा विगत दशकदेखि बिभिन्न ब्राण्डका मोबाइलहरु विक्री गरिरहेको छ ।

नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो, जसमा ६.२ एच डी स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति दिने यसको बिशेषता रहेको छ । यसमा हेलियो ए२२ क्वाड–कोर प्रोसेसरले पावर दिइएको छ । यसमा २ जिबि र्याम र ३२ जि बि स्टोरेज छ ।

यो मोबाइलमा पछाडि १३ मेगापिक्सेल प्राइमरी सूटर र २ मेगा पिक्सेल डेफ्थ सेन्सर त्यस्तै गरी अगाडि ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सूटर लेन्स जडान गरिएको छ । नोकिया २.३ को मूल्य १२ हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित: Dec 22, 2019| 07:01 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्