आइतबार, चैत १, २०८२

जेलभित्रै कैदीबीच झडप, कम्तीमा १८ जनाको मृत्यु

प्रहरीका अनुसार कैदीहरूको दुई समूहबीच भएको झडपमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् ।
 |  आइतबार, पुस ६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस ६, २०७६

होन्डुरस– होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा कम्तीमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् ।

National life

घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा झडप भएको थियो । झडपमा १७ को जेलभित्र घटनास्थलमा नै मृत्यु भएको र एक अन्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनालाई स्थानीय सञ्चारमाध्यमहरूले फरक फरक समूहका कैदीबीच भएको विवादका कारण भएको हिंसात्मक घटना बताएका छन् ।

घटनास्थल अहिले प्रहरीको नियन्त्रणमा छ । थप सम्भावित आक्रमण हुन नदिन सावधानी अपनाइएको होन्डुरस प्रहरीले जनाएको छ । रासस/एएफपी

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 22, 2019| 03:16 आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।