काठमाडौं- कतारको दोहामा भएको फिफा क्लब विश्वकपकको उपाधि लिभरपुलले जितेको छ। लिभरपुलले अतिरित्त समयमा गोल गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि चुमेको हो ।
शनिबार राति भएको खेलमा ब्राजिलियन क्लव फ्लामेङ्गोलाई हराउँने क्रममा लिभरपुलका लागि खेलको इन्ज्युरी समयमा रोबर्टो फिर्मिन्होले निर्णायक गोल गरेका थिए ।
निर्धारित समयको अन्तिम मिनेटमा लिभरपुलले पेनाल्टीको अवसर पाउने भनिए पनि भिएआरको माध्यमबाट रद्ध भएको थियो।
लिभरपुलको जितसँगै क्लब कपका १३ संस्करणमध्ये १२ संस्करण युरोपियन क्लवले जितेका छन्।