बुधबार, असार ३१, २०८३

दोस्रो खुल्ला मेयर कप क्रिकेटको उपाधि एञ्जिला पुस्तकलाई

साँफेबगर नगरपालिका वडा नम्बर ७ को बडासैन खेल मैदानमा सम्पन्न दोस्रो खुल्ला मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि एञ्जिला पुस्तक साफेबगरले हात पारेको छ।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

अछाम- साँफेबगर नगरपालिका वडा नम्बर ७ को बडासैन खेल मैदानमा सम्पन्न दोस्रो खुल्ला मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि एञ्जिला पुस्तक साफेबगरले हात पारेको छ।

शनिबार भएको फाईनल खेलमा डिप्लव रिडीकोट क्रिकेट क्लबलाई ४ रनले पराजित गर्दै उपाधि हात पारेको हो।

उपाधि जितेसँगै एञ्जिालले नगद रु. १ लाख ५५ हजार हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको रिडीकोटले नगद रु. ७७ हजार ६ सय हात पारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको एञ्जिलाले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो।

१०७ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको रिडीकोट १५ ओभरमा ९ विकेट गुमाएर १ सय २ रनमा समेटियो।

रिडीकोटका लागि नविन शाहले ३१ रन बनाए। एञ्जिलाका लागि अनुप छेडालले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए।

प्रतियोगितामा अनुशासन टिमको रु. ११ हजार पुरस्कार बान्नीगढी जयगढ गाउपालिका, म्यान अफ द सिरिज १० हजार पुरस्कार एञ्जिलाका खेलाडी प्रकाश सिंह, उत्कृष्ट ब्याट्सम्यानको ५ हजार पुरस्कार एञ्जिलाका खेलाडी बिरेन्द्र चन्द र उत्कृष्ट बलरको ५ हजार पुरस्कार चौरपाटी गाउपालिकाका सुनिल विकले हात पारे।

पुस १ गतेबाट साफेबगर नगरपालिकाको आयोजनामा सुरु भएको दोस्रो खुल्ला मेयरकप त्रिकेट प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको थियो।

प्रकाशित: Dec 21, 2019| 12:28 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।