बुधबार, असार ३१, २०८३

पिपिएल क्रिकेटमा काठमाडौंको दोस्रो जित

पोखरा प्रिमियर लिग पिपिएल क्रिकेटमा काठमाडौं गोल्डेन वारियर्सले दोस्रो जित निकालेको छ।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

पोखरा- पोखरा प्रिमियर लिग पिपिएल क्रिकेटमा काठमाडौं गोल्डेन वारियर्सले दोस्रो जित निकालेको छ।

शनिबार पोखरा रंगशालामा भएको खेलमा विराटनगर टाईटन्सलाई ३६ रनले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो।

काठमाडौंले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो।

विराटनगरका पुनित मेहेराले ५३ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

यस्तै कप्तान प्रदिपले २९ रन जोड्दा नोमन खानले २५ रन बनाए।

काठमाडौंका सुबोध भाटीले ३ तथा बसन्त रेग्मी र अमर सिंह रौटेलाले २-२ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो।

काठमाडौंका लागि जयक्रिशन कोल्शावालाले ५५ रनको अर्धशतकीय इनिङ्स खेले।

कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन तथा अमित श्रेष्ठले १७ रन बनाए।

विराटनगरका लागि पुनित मेहेराले २ विकेट लिए।

जितसँगै काठमाडौंले ४ खेलमा ४ अंक जोडेको छ। काठमाडौं दोस्रो स्थानमा उक्लिएको छ।

प्रकाशित: Dec 21, 2019| 11:47 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।