मंगलबार, चैत १०, २०८२

इपिएलमा आज सात खेल

इङ्लिस प्रिमियर लिग(इपिएल)मा आज (शनिबार) सात खेल हुने भएका छन्। आठ खेल तय भएपनि लिभरपुल र वेष्ट ह्याम बीचको खेल स्थगित भएको छ।
 |  शनिबार, पुस ५, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, पुस ५, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं - इङ्लिस प्रिमियर लिग(इपिएल)मा आज (शनिबार) सात खेल हुने भएका छन्। आठ खेल तय भएपनि लिभरपुल र वेष्ट ह्याम बीचको खेल स्थगित भएको छ। लिभरपुलले फिफा क्लब वर्ड कप अन्तर्गत फ्लामेन्गोसँग आज खेल्ने भएकोले उसको खेल स्थगित गरिएको हो।

इपिएल अन्तर्गत आज राति नेपाली समयअनुसार सवा ११ बजे हुने खेलमा दोस्रो स्थानमा रहेको लेस्टर सिटी र म्यान्चेस्टर सिटी भिड्दैछन्। लेस्टर पछिल्ला चार खेलमा अपराजित रहेकोले पनि आजको खेलमा उ उच्च मनोबलका साथ म्यान्चेस्टर सिटीसँग प्रतिष्पर्धामा उत्रनेछ। लेस्टरको ३९ अंक छ भने म्यानचेस्टर सिटीको ३५ अंक रहेको छ।

यस्तै आजै हुने अन्य खेलमा एभर्टन र आर्सनलको खेल सवा ६ बजे हुनेछ भने वर्नमथ र वर्नले, एस्टन भिल्ला र साउथएम्पटन, व्रिगटन एण्ड होभ एल्विअन र सेफिल्ड युनाइटेड, न्यूक्यासल युनाइटेड र क्रिस्टल प्यालेस, नर्विच सिटी र उलभरएम्पटन वन्डरर्स बीचका खेल भने पौने ९ बजे देखि सुरु हुनेछन्।

लिगमा १७ खेल सकिँदासम्म एकमात्र अपराजित टोली लिभरपुल ४९ अंकसहित शिर्ष स्थानमा रहेको छ। लिभरपुलले १६ खेलमा जित निकालेको छ भने एक खेल बराबरीमा टुङ्ग्याएको छ।

प्रकाशित: Dec 21, 2019| 02:04 शनिबार, पुस ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।