आइतबार, चैत १, २०८२

भारतमा जारी प्रदर्शनमा शुक्रबार ५ जनाको मृत्यु

भारतमा नागरिकता संशोधन सम्बन्धी कानूनको विरोधमा देशभर जारी प्रदर्शन हिंसामा परिणत भएको छ।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं- भारतमा नागरिकता संशोधन सम्बन्धी कानूनको विरोधमा देशभर जारी प्रदर्शन हिंसामा परिणत भएको छ।

National life

राजधानी नयाँ दिल्ली, बिहार, उत्तर प्रदेश लगायतका ठाउँमा शुक्रबार पनि दिनभरजसो प्रदर्शन जारी रहेको छ। धेरै स्थानमा प्रहरीसँग झडप भएको छ।

शुक्रबार मात्रै उत्तर प्रदेशमा भड्किएको हिंसामा ५ जनाको मृत्यु भएको छ। प्रहरीसँग भएको झडपमा पाँचजना प्रदर्शनकारी मारिएका हुन्।

प्रहरीले भने घटनामा दुईजनाको मात्र मृत्यु भएको दाबी गरेको छ।

भारतले हालै बनाएको नागरिकता सम्बन्धी कानूनमा मुस्लिम समुदायका व्यक्तिलाई नागरिकतामा विभेद गरिएको भन्दै देशभर आन्दोलन भइरहको छ।

Laxmi sunrise bank
kumari

आन्दोलनमा उत्रिएका विद्यार्थी, मुस्लिम समुदायका व्यक्तिहरु, त्यहाँका सबैजसो विपक्षी दल एवम नागरिक समाज र साहित्यकारहरु लगातार गिरफ्तार भइरहेका छन्।

भारतीय गृहमन्त्रालयले भने नगारिकता कानुनमा कसैलाई पनि विभेद नगरिएको दाबी गर्दै शान्त हुन आग्रह गरेको छ।

यसअघि बिहीबार भएको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने त्यसअघिका झडपमा कम्तीमा ६ जनाको मृत्यु भएको थियो।

प्रकाशित: Dec 20, 2019| 14:42 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।