बुधबार, असार ३१, २०८३

ब्रिगेड विजयी, मछिन्द्र र च्यासलको बराबरी

सहिद स्मारक 'ए' डिभिजन लिग अन्तरगत शुक्रबार भएका खेलमा ब्रिगेड ब्वाईजले जित हात पारेको छ भने मछिन्द्र क्लब र च्यासल युथले बराबरी खेल्दै अंक बाँडेका छन्।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तरगत शुक्रबार भएका खेलमा ब्रिगेड ब्वाईजले जित हात पारेको छ भने मछिन्द्र क्लब र च्यासल युथले बराबरी खेल्दै अंक बाँडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मछिन्द्र र च्यासलले १-१ गोलको बराबरी खेलेका हुन्। खेलमा सुरुवाती अग्रता भने च्यासलले लिएको थियो। च्यासलका सन्तोष साहुखलले २८ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। तर खेल सकिन दुई मिनेट बाँकी रहँदा मछिन्द्रले बराबरी गोल फर्काउन सफल भयो। मछिन्द्रका देवेन्द्र तामाङले बराबरी गोल फर्काउँदा च्यासल अंक बाँड्न बाध्य भयो। देवेन्द्रले च्यासलको डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भए।

यस्तै शुक्रबार नै भएको अर्को खेलमा ब्रिगेड ब्वाईजले फ्रेन्ड्स क्लबलाई पराजित गर्‍यो। ब्रिगेडले फ्रेन्ड्सलाई २-० ले पराजित गर्‍यो। ब्रिगेडको जितमा जया गुरुङ र रोशन राना मगरले गोल गरे।

प्रकाशित: Dec 20, 2019| 12:27 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।