बुधबार, असार ३१, २०८३

बिग बासमा मेलबर्न विजयी, सन्दीपले लिए विकेट

अस्ट्रेलियाको बिग बास क्रिकेट लिगमा सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स विजयी भएको छ।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं- अस्ट्रेलियाको बिग बास क्रिकेट लिगमा सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्स विजयी भएको छ।

ब्रिसबेन हटविरुद्धको खेलमा मेलबर्नका लागि सन्दीपले एक विकेट लिएका छन्।

शुक्रबार भएको मेलबर्नले ब्रिसबेनलाई २२ रनले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन जोडेको थियो।

१६८ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको ब्रिसबेनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर जम्मा १४५ रनमात्र जोड्न सक्यो।

मेलबर्नका लागि सन्दीपले ४ ओभरमा ३८ रन दिएर १ विकेट लिए।

त्यस्तै अदाम जम्माले ४ ओभरमा ३० रन दिएर ३० विकेट लिए भने हरिस रफ र डेनियल वरलले समान २–२ विकेट लिए।

ब्रिसबेनका लागि टम ब्यान्टनले ६४ रन बनाए भने म्याट रेनश्वले ३९ बनाए।

त्यसअघि मेलबर्नका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ८३ रन जोडेका थिए। उनले ३९ बलमा ५ छक्का र ७ चौका प्रहार गरे।

प्रकाशित: Dec 20, 2019| 12:27 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।