शुक्रबार, जेठ १, २०८३

सिरियामा साठी भन्दा बढीको मृत्यु

सिरियामा भएका पछिल्ला घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको छ। सिरियाली सेना र सशस्त्र समूहहरुबीच भएका झडपमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

सिरिया - सिरियामा भएका पछिल्ला घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको छ। सिरियाली सेना र सशस्त्र समूहहरुबीच भएका झडपमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

National life

युद्धको अनुगमन गर्ने बेलायतसँग आवद्ध ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राईट्स’ले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ३८ जना जियादी र उनीहरुसँग आबद्ध विभिन्न विद्रोही समूहका व्यक्ति रहेका छन्।

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तमा बिहीबार राती सो घटना भएको अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी जियादीहरुको कब्जामा रहेको मारेट अल नुमान नजिकै भएको भिडन्तमा परी २३ जना सिरियाली सरकार समर्थित सेनाको मृत्यु भएको छ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन सुरु भएको थियो।

केही महिनापछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो। यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरुको संलग्नता हुँदै गयो । सन् २०११ देखि हालसम्म सिरियामा ३ लाख ७० हजार भन्दा बढी सर्वसाधारणको ज्यान गएको छ। लाखौंको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका छन। दशौं लाख व्यक्ति आफ्नो देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन्।

प्रकाशित: Dec 20, 2019| 11:35 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।