बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

तत्कालीन नेकपाका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा शुक्रबारबाट ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

ललितपुर - तत्कालीन नेकपाका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा शुक्रबारबाट ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।

नागदह तेक्वान्दो डोजाङले ललितपुरको धापाखेलमा आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन खानेपानी मन्त्री बिना मगरले गरिन्। कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान गर्ने भएकाले राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन्।

प्रतियोगिता शनिबार सम्पन्न हुनेछ। काठमाडौं उपत्यका बाहेक देशका विभिन्न १५ जिल्लाहरुबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन्। प्रतियोगितामा प्रथम हुनेले पचास हजार, दोस्रोले तीस हजार र तेस्रोले बीस हजार नगद प्राप्त गर्ने आयोजक समूहका कार्यक्रम संयोजक कविराज मालीले जानकारी दिए।

प्रकाशित: Dec 20, 2019| 10:50 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।