बुधबार, असार ३१, २०८३

चितवनको अपराजित यात्रा जारी, धनगढी ५२ रनले पराजित

पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा चितवनले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शुक्रबार सम्पन्न खेलमा चितवनले तेस्रो जित निकाल्ने क्रममा एक्सपर्ट धनगढीलाई ५२ रनले पराजित गर्‍यो। धनगढीको भने प्रतियोगितामा खेलेका तीन खेलमा यो दोस्रो हार हो।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं - पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा चितवनले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शुक्रबार सम्पन्न खेलमा चितवनले तेस्रो जित निकाल्ने क्रममा एक्सपर्ट धनगढीलाई ५२ रनले पराजित गर्‍यो। धनगढीको भने प्रतियोगितामा खेलेका तीन खेलमा यो दोस्रो हार हो।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले धनगढीलाई जितका लागि १ सय ८२ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रनमात्रै जोड्न सक्यो। धनगढीका कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४९ रन जोडे। यस्तै रोड्रिगो थोमसले २४ तथा सन्दीप जोराले २१ रन जोडे। धनगढीका तीन खेलाडीले खातासमेत खोल्न सकेनन्। शुन्य रनमै दुई विकेट गुमाएको धनगढीले ५५ रनमै चार विकेट गुमाइसकेको थियो। दिपेन्द्रले त्यसपछि धनगढीको पारी सम्हाल्ने प्रयास गरेपनि उनले जित भने दिलाउन सकेनन्। चितवनका भुवन कार्कीले तीन तथा करन केसी र सन्नी पटेलले समान दुई/दुई विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो। चितवनका लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए। यस्तै सन्नी पटेलले अविजित ३२ रन बनाए। त्यस्तै बाबर हयातले ३६, कप्तान पारस खड्काले २३ तथा अनिल साहले १९ रन जोडे।

धनगढीका दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले २/२ विकेट लिए। चितवन तीन खेलमा शतप्रतिशत जितसहित ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने समान खेलबाट चार अंक जोडेको बुटवल अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

 

 

प्रकाशित: Dec 20, 2019| 10:41 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।