बुधबार, असार ३१, २०८३

पोखराको पराजय यात्रा जारी, बुटवल आठ विकेटले विजयी

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई आठ विकेटले पराजित गरेको छ ।
 |  शुक्रबार, पुस ४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ४, २०७६

काठमाडौं - दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई आठ विकेटले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ गरेको पोखराले पूरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२१ रनको योगफल बनाएको थियो। प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा रहेको बुटवलले पोखराले दिएको १२२ रनको विजयी लक्ष्य १४ ओभरमा मात्र दुई विकेटको नोक्सानीमा भेट्टायो।

सुरुवाती ब्याट्स्म्यान अफ्ताबुद्दिन अहमद र शङ्कर रानाले पहिलो विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गरेपछि बुटवलले खेलमा सुखद सुरुवात गरेको थियो। आफ्नो अर्धशतक पूरा गर्ने क्रममा रसिद खानको बलमा ‘क्याच आउट’ हुनुअघि खेलका ‘म्यान अफ दी म्याच’ अहमदले ४६ बलमा १२ चौका र दुई छक्कासहित ७५ रन जोडे। शङ्कर रानाले १९ तथा भिम सार्कीले अविजित १६ रन जोडे। पोखरका लागि रसिद खान र प्रथमेश डाकेले समान एक/एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रन जोडेको थियो। पोखराका लागि रविइन्दर सिंहले अविजित रहँदै ४५ रन जोडे। यस्तै डाकेले २०, रोहित पौडेलले १९ तथा इशान पाण्डेले १३ रन बनाउनु वाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन्। बुटवलका हर्स टंकले दुई विकेट लिए।

प्रतियोगितामा चार खेल खेलिसकेको पोखराले एक खेलमात्र जित हात पारेको छ भने त्यसपछिका लगातार तीन खेलमा पराजित भएको छ। हारसँगै पोखराको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ।

जितसँगै बुटवलले तीन खेलबाट चार अङ्क जोडेको छ।

प्रकाशित: Dec 20, 2019| 08:05 शुक्रबार, पुस ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।