काठमाडौं– सेयर संसार डटकमले ‘सेयर खेलाडी’ नामक सफ्टवेयर सार्वजनिक गरेको छ । यो सफ्टवेयरले नेप्सेबाट लगानीकर्ताहरुलाई वास्तविक र समयसापेक्ष कारोबारको डाटा प्रदान गर्ने कम्पनीले जनाएको छ । लगानीकर्ताहरुले सेयर खेलाडीमार्फत् भर्चुअल पैसाको साथै सेयर कारोबारको अभ्यास गर्न सक्छन् ।
यसमा सहभागी हुन सेयर संसार डटकममा गएर खाता खोली लगइन गर्नुपर्छ । सुरुमा लगानीकर्ताले १० लाख रुपैयाँ उपलब्ध हुनेछ ।
लगानीकर्ताहरुले नेप्सेमा कारोबार गरेको जस्तै गरी आदेश प्रविष्ट गर्न सक्नेछन् । खेलाडीहरुले नेप्से तथा सूचीकृत कम्पनीहरुको चार्ट विश्लेषण गर्न सक्छन् । उनीहरुको लगानी इतिहास र लगानी सारांश विश्लेषण गर्न पनि सकिन्छ ।