काठमाडौं– प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने पुस ३ गतेदेखि सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ०९ मा आप्mनो २०१औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको मलंगवा शाखा कार्यालयको उद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे ।
बैंकको मलंगवा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्तबैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुलाई सहज हुने बैकले बताएको छ ।