शनिबार, कात्तिक २९, २०८२

मिसेस् युनिभर्स २०१९ मा नेपालबाट अनिला श्रेष्ठ

ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१९ को रुपमा चयन गरेको छ।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं- ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१९ को रुपमा चयन गरेको छ।

National life

अनिलाले अब चीनको ग्वान्जोमा आगामी यही डिसेम्बर महिनाको अन्तिम साता सम्पन्न हुने बिवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’ मा नेपालको तर्फबाट सहभागिता जनाउने छिन्।

मिसेस् युनिभर्स २०१९ आगामी डिसेम्बर २२ देखि जनवरी १ तारिख सम्म चीनको ग्वान्जोमा संचालन हुनेछ।

४२औं संस्करणको मिसेस् युनिभर्स प्रतियोगिताको ग्राण्ड फिनाले डिसेम्बर ३० तारिखका दिन ग्वान्जो नान्सा जिम्नाजियममा तय गरिएको छ। प्रतियोगितामा विश्वका ८० बढी मुलुकका विवाहिता महिलाहरुको सहभागिता रहनेछ।

आफूलाई फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला श्रेष्ठ २००५ देखि प्याजेन्ट क्षेत्रमा उदाएकी थिइन्।

Laxmi sunrise bank
kumari

ग्रीन आटस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत रहेकी छिन्।

एक दशक भन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन्।

मिसेस् युनिभर्समा नेपालको यो पहिलो सहभागिता भने होइन। यस अघि ईप्लानेट प्रा.लि.कै संयोजन र व्यवस्थापनमा सन् २०१३ मा मिना घिमिरेले मिसेस् युनिभर्स २०१३ मा सहभागिता जनाएकी थिइन् भने मिना सो प्रतियोगितामा मिसेस् कन्जिलियाटी अवार्ड जित्न सफल भएकी थिइन्।

यसैगरी २०१४ को मिसेस् युनिभर्समा रजनी थापाले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। जसमा रनजीले ब्युटीफुल लेडीको अवार्ड जित्न सफल भएकी थिइन्।

यसैगरी मिसेस् युनिभर्स २०१६ मा पद्मिनी झाले नेपालको तर्फबाट सहागिता जनाएकी थिइन्।

२०१८ मा भने मनिशा डंगोलले नेपालको तर्फबाट सहभागिता जनाएका थिइन्, जसमा उनले एन्जल हार्ट अवार्ड प्राप्त गरेकी थिइन्।
मिसेस् युनिभर्स २५ देखि ४५ वर्षका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो। प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकारप्रति समर्पित रहेको छ।

प्रकाशित: Dec 19, 2019| 12:37 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्