आइतबार, चैत १, २०८२

जहाज चोरेर उडाउन लागेकी १७ वर्षीया किशोरी पक्राउ

अमेरिकामा एक किशोरी जहाज चोर्न लाग्दा पक्राउ परेकी छन्।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

एजेन्सी- अमेरिकामा एक किशोरी जहाज चोर्न लाग्दा पक्राउ परेकी छन्।

National life

क्यालिफोर्नियाको फ्रेन्सो योसमाइट इन्टरनेशनल एयरर्पोटबाट जहाज चोरेर उडाउन लागेकी एक १७ वर्षीया किशोरीले जहाज दुर्घटनामा पारेपछि पक्राउ परेकी हुन्।

उनले एउटा निजी जहाज ‘किङ एयर २०० जहाज’ चोरे उडाउन लाग्दा दुर्घटना भएको थियो।

बुधबार बिहान भएको उक्त घटनापछि प्रहरीले चालकको सिटमा रहेकी ति किशोरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ।

उनले जहाज स्टार्ट गरेर रनवे मा निकाल्न लाग्दा अर्को जहाजसँग ठोक्किएको थियो। त्यसपछि उनले कन्ट्रोल गर्न नसकेपछि जहाज पुनः एयरपोर्टको बारमा ठोक्किएको थियो।

Laxmi sunrise bank
kumari

प्रहरीले पक्राउ परेकी किशोरीमाथि घरेलु अपराधको आशंकामा अनुसन्धान सुरु गरेको जनाइएको छ।

प्रहरीका अनुसार ति किशोरीलाई प्रहरीले हिरासतमा लगेपछि मानसिक सन्तुलन ठिक नभएको जस्तो पाइएको थियो।

जहाज दुर्घटनापश्चात एयरर्पोटमा कुनै खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: Dec 19, 2019| 11:23 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।