बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पारस र मुस्तफाको अर्धशतकीय प्रदर्शनमा चितवनको लगातार दोस्रो जित

पारस र मुस्तफाको अर्धशतकीय प्रदर्शनमा चितवनको लगातार दोस्रो जित

पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले रोहन मुस्तफा र कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङमा लगातार दोस्रो जित निकालेको छ।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

काठमाडौं - पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले रोहन मुस्तफा र कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङमा लगातार दोस्रो जित निकालेको छ।

बिहिबार सम्पन्न खेलमा चितवनले बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। चितवनले दिएको २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको बुटवल
१८ ओभर ४ बलमा ८४ रनमा समेटियो।

बुटवलका शिवम सिंहले सर्वाधिक ३३, भिम सार्कीले २१ र हरि चौहानले १२ रन बनाउन वाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन्। बुटवललाई सस्तैमा समेट्न करण केसीले ४ तथा रोहन मुस्तफाले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३ रन जोडेको थियो। चितवनका लागि पारस र मुस्तफाले अर्धशतकीय पारी खेले। पहिलो विकेटका लागि दुबैले १ सय १७ रनको साझेदारी गरे। पारस ६३ रनमा आउट हुँदा मुस्तफा भने ७० रनमा अविजित रहे। यस्तै आरिफ सेखले विस्फोटक ब्याटिङ गर्दै १९ बलमा ४० रन जोडे। बुटवलका अफ्ताबउद्दिन अहमदले २ विकेट लिए। चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक ठुलो रनसमेत हो।

जितसँगै चितवनले २ खेलमा सतप्रतिशत जित निकाल्दै ४ अंक शिर्ष स्थानमा रहेको छ। पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई पराजित गरेको थियो।

प्रकाशित: Dec 19, 2019| 10:18 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।