शनिबार, साउन १६, २०८३

सातै प्रदेशमा नसर्ने रोगको विशिष्टीकृत अस्पताल बनाउने तयारी

सरकारले सातै प्रदेशमा सातवटा अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने तयारी गरेको छ।
 |  शुक्रबार, भदौ १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १८, २०७८

काठमाडौं- सरकारले सातै प्रदेशमा सातवटा अस्पताललाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्ने तयारी गरेको छ। उक्त सेवा सुरु गर्न सरकारले चालु आर्थिक वर्षमा ६६ करोडको बजेटसमेत विनियोजन गरेको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने तथा मानसिक रोग शाखाका प्रमुख फडिण्द्र बरालका अनुसार चालु आर्थिक वर्ष भित्रमै उक्त अस्पतालहरूलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रूपमा विकास गर्न लागिएको हो।

नसर्ने रोगको विशिष्टकृत सेवा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले यो कार्यक्रम अगाडि बढाइएको उनले जानकारी दिए। यी अस्पतालहरूमा कार्डियोलोजी, क्यान्सर, सिओपिडी, मिर्गौला, मधुमेह लगायत नसर्ने रोगको उपचारका लागि व्यवस्था गरिनेछन्। 

उनका अनुसार प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल वीरगञ्ज, प्रदेश ३ मा भरतपुर अस्पताल चितवन, प्रदेश ४ मा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा भेरी अस्पताल नेपालगञ्ज, प्रदेश ६ मा सुर्खेत अस्पताल र प्रदेश ७ मा सेती प्रादेशिक अस्पताल धनगढीलाई नसर्ने रोगको विशिष्टकृत अस्पतालको रुपमा विकास गर्न लागिएको हो।

प्रकाशित: Sep 03, 2021| 07:46 शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्