आइतबार, चैत १, २०८२

मृत्युदण्डको फैसलाबारे बोले मुसर्रफ

पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन्।
 |  बिहीबार, पुस ३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ३, २०७६

पाकिस्तान - पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन्।

National life

उपचारका लागि लामो समयदेखि दुवईमा रहेका मुशर्रफका सहयोगीहरुले बुधबार राति सार्वजनिक गरेको भिडियो सन्देशमा उनले आफूविरुद्ध नियोजित रुपमा यस्तो फैसला गर्न लगाइएको टिप्पणी गरेका छन्।

भिडियो सन्देशमा पूर्वराष्ट्रपति मुशर्रफले भनेका छन्, “मेराविरुद्धमा नियोजित रुपमा यस्तो फैसला गर्न लगाइएको छ, यसमा व्यक्तिगत प्रतिशोध देखिन्छ।” उक्त भिडियो अस्पतालको शय्याबाट नै सार्वजजिक गरिएको थियो। भिडियो सन्देशमा उनलाई बोल्न पनि निकै गाह्रो भइरहेको देखिएको छ। उनको स्वास्थ्य अवस्था पनि निकै नाजुक रहेको बताइएको छ।

पाकिस्तानको विषेश अदालतले गत मंगलबार मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो। पाकिस्तानी इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला गरिएको हो।

उनले फैसलाविरुद्धमा पुनरावेदनका लागि प्रक्रिया थाल्ने बताएका छन्। त्यसका लागि कानूनी सल्लाहकारको टोलीले गृहकार्य गरिरहेका मुशर्रफले जानकारी दिएका छन्।

Laxmi sunrise bank
kumari

देशद्रोहको मुद्धा २०१३ देखि विचाराधिन अवस्थामा रहेको थियो। उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो। उनीमाथि संविधानको उल्लङ्घन गरेको र जबरजस्ती सङ्कटकाल लागू गरेको आरोप लगाइएको छ।

सन् १९९९ मा रक्तहिन सत्तापलट गरेर तत्कालीन सेनाप्रमुख मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए। त्यसपछि मुशर्रफले सन् २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए।

अदालतको फैसलाप्रति पाकिस्तानी सेनाले पनि असन्तुष्टि जनाएको छ। त्यसैगरी कतिपय अधिकारकर्मीहरुले पनि फैसला न्यायोचित नभएको टिप्पणी गरेका छन्।

प्रकाशित: Dec 19, 2019| 08:53 बिहीबार, पुस ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।